काठमाडौं । सांसद मदन कुमारी शाह (गरिमा)ले कर्णाली बासीप्रति सरकार गैरजिम्मेवार भएको आरोप लगाएउनुभएकाे छ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोलदै सांसद शाहले गत २०८० कात्तिक १७ गते गएको भूकम्पपछि कर्णालीमा सरकारको उपस्थिति नरहेको बताउनुभएकाे हाे।
कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोटमा अझै पनि खानेपानी, बिजुलीको व्यवस्था समेत नरहेको साहको भनाइ छ ।
उहाँले भन्नुभयाे, ‘कर्णाली पुग्ने कोही नेपाली त्यस्तो नहोला, जसको मन नरोला । त्यहाँ बिजुली छैन, त्यहाँ खानेपानी छैन । विद्यार्थीहरु टिनको छाप्रोमा पढ बाध्य छन् । र कतिपय विद्यालयका छाना उडाएको अवस्था छ । स्कुल, सरकारी कार्यालय र सुरक्षा निकायहरुको भवनको अवस्था जिर्ण छ । गत २०८० कात्तिक १७ गते गएको भूकम्पपछि सरकारको जुन प्रकारको उपस्थिति हुनुपथ्र्यो त्यस्तो देखिएन । हामी सरकारमा बसेर यो मुलुकलाई सञ्जालन गरिरहेका छौं भन्न पनि अप्ठेरो लाग्छ ।
जनाका लागि आवश्यक सामान्य कुरा समेत दिन सकेका छैनौं । यसमा म समाननीय अध्यक्षज्यूमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं ।’
