काठमाडाैं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकबाट साे विधेयक सर्वसम्मतिले पारित भएकाे हाे ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सर्वसम्मतिले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिकाे प्रतिवेदन सहितकाे सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियाेस् भन्ने प्रस्तावमाथि छलफल भएकाे थियाे । छलफलमा उठेका प्रश्नकाे अर्थमन्त्री पुनले जवाफ दिनुभएकाे थियाे ।
राष्ट्रिय सभाको अर्को बैठक असार ४ गते मंगलबार सवा १ बजे बस्नेगरी स्थगित भएकाे छ ।
