काठमाडौं । भन्न खोजेको एउटा कुरा तर बोलियो अर्कै कुरा ।
एमालेकी सांसद् सीताकुमारी पोखरेलको प्रतिनिधि सभामा आजको अभिव्यक्तिमा रमाइलो त्रुटी देखिएको छ । सेना प्रहरीमा कार्यरत व्यक्तिहरु विभिन्न अपराधमा संलग्न भएको विषयमा मेनकाले कुरा उठाउनुभएको थियो ।
कुरा मात्र उठाउनुभएन, समाधानको उपाय पनि सुझाउनुभयो । तर, बोल्दाको सामान्य त्रुटीले अभिव्यक्तिको अर्थमा आनका तान फरक परेको छ । मेनकाको भनाई यस्तो थियो– ‘राज्यका निकायहरु खासगरी सेना प्रहरी जस्ता जसले जनताको ज्यूधनको सुरक्षा गर्ने हो त्यस्तो निकायबाट विभिन्न घटनाहरु, हिँसाका घटनाहरु हुने गरेका छन् ।’ मेनकाले यसो भनेर सेना प्रहरी निकाय नै अपराधमा संलग्न भएको बताउनुभयो । तर, उहाँले भन्न खोजेको त्यसो त पक्कै पनि होइन होला ।
उहाँले भन्नपथर््यो – ‘सेना प्रहरीमा संलग्न व्यक्तिहरु...।’ मेनकाले दाडमा मात्रै त्यस्ता तीनवटा घटना भएको बताउनुभयो । ती घटनामा परिवारको र वालवच्चाको हत्या भएको उहाँको भनाई थियो । ती घटना सेना प्रहरी जस्ता सुरक्षा निकायले गरेका होइनन्, त्यस्ता निकायमा संलग्न व्यक्तिले गरेका हुन् । विचार नपुराई अभिव्यक्ति दिँदा गलत अर्थ लाग्न गएको छ । मेनकाले यस्ता घटना हुन नदिन विद्यालय स्तरबाटै मनोविमर्शको शिक्षा दिनुपर्ने, सेना प्रहरीको तालिममा पनि मनोविमर्शको विषय राख्नुपर्ने सुझाव दिनुभएको छ ।
