काठमाडौं । अहिले नेपालमा सबैभन्दा भाइरल के हो ? निराशा हो ।
कांग्रेस सांसद् रामकृष्ण यादवले प्रतिनिधि सभाको वैठकमा निराशा सबैभन्दा भाइरल भएको बताउनुभएको हो ।
विनियोजन विधेयक उपर बोल्दै रामकृष्णले देशमा निराशा छाएको र यसका लागि सरकार जिम्मेवार भएको बताउनुभयो ।
निराशाको सिवाय कुनै कुरा भाइरल नभएको उहाँको भनाई थियो । विनियोजन विधेयकमा बोल्दै रामकृष्णले काठमाडौंमा घर नहुने माननीयहरुलाई घरभाडा दिन आवश्यक नभएको बताउनुभयो ।
माननीय अर्थात् सांसद्हरुलाई पैसा दिनुको सट्टा अन्य प्रजातान्त्रिक मुलुकहरुमा जस्तै आवास दिनुपर्ने उहाँको भनाई थियो ।
