काठमाडौं । प्रतिनिधि सभा सदस्य रामकृष्ण यादवले मधेसका लागालागी पीडितलाई सरकारले बसोबास र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै यादवले वैशाखमा आगलागी भएर पीडित भएकाको समेत अहिलेसम्म बसोबास र क्षतिपूर्तिको व्यवस्था हुन नसकेको बताउनुभयो ।
मनसुन जन्य विपदबाट पनि ठुलो जनसङ्ख्या प्रभावित हुने पूर्वअनुमान गरिएको अवस्थामा सरकारको पूर्वतयारी के छ भन्ने विषयमा सरकारले जवाफ दिनु पर्ने माग यादवले गर्नुभयो ।
