काठमाडाैं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१-८२ का लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गरेकाे छ ।
शनिबार बसेकाे कर्णाली प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री महेन्द्र केसीले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार र पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियाेजन गरिएकाे उहाँले जानकारी दिनुभयाे । वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिनुभयाे ।
हेर्नुस् पूर्णपाठ:
