काठमाडाैं । सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न बनेकाे संसदीय छानबिन विशेष समितिको बैठक आज बस्दैछ ।
दिउँसाे २ बजे सिंहदरबारमा बस्ने समितिकाे बैठकमा छानबिनका लागि आवश्यक कागजात संकलन गर्ने लगायत विषयमा छलफल हुने बताइएकाे छ ।
समितिकाे याे तेस्राे बैठक हाे समितिले कार्यविधि र कार्ययोजना भने यसअघि नै बनाइसकेकाे छ ।
