काठमाडाैं । 'लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१' पेस भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले 'लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१' पेस गर्नुभएकाे हाे ।
साे विधेयककाे प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावकाे सम्बन्धमा कुनै पनि विराेधकाे सूचनामा पेस नभएकाे सभामुख देवराज घिमिरेले बैठकलाई जानकारी गराउनुभएकाे थियाे ।
