काठमाडाैं । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ ।
आइतबार सिंहदरबारमा बसेकाे समितिकाे बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरूसँग छलफल गरी कार्यविधि तयार पारेको हाे ।
समितिका संयाेजक सूर्य थापाका अनुसार बैठकले कार्यादेश (टीओआर) का हस्ताक्षरकर्ता, कार्यदलका सदस्य तथा अन्य आमन्त्रित सदस्यसँग छलफल र परामर्श गरी प्राप्त सुझाव एवं स्पष्टतासहित समितिको मस्यौदा कार्यविधि व्यापक छलफल गरी सर्वसम्मतिले पारित गरेकाे हाे ।
आगामी बैठकमा संघीय सहकारी मन्त्री, सचिव, सहकारी विभाग र बोर्ड तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग आवश्यक छलफल गर्ने कार्यसूची तय गरी आधारभूत तथ्य एवं जानकारी प्राप्त गरी छानविन कार्य अघि बढाइने संयाेजक थापाले जानकारी दिनुभयाे ।
