काठमाडाैं । नेकपा एमालेका सांसद् रघुजी पन्तले कहाँ राजदूतवास चाहिन्छ कहाँ चाहिँदैन भन्ने कुराकाे मूल्यांकन गरेर मात्र राजदूतवास खाेल्नुपर्ने बताउनुभयाे ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयकमाथि मन्त्रालयत छलफलमा भाग लिँदै सांसद् पन्तले विभिन्न मुलुकमा गरेर ४० वटा नियाेग रहेकाले तीकाे प्रभावकारीताबारे मूल्यांकन हुनुपर्ने बताउनुभयाे । 'कहाँ राजदूतावास थप्ने, कहाँ निरन्तरता दिने भन्ने ुकरालाई तिनीहरुले दिएकाे रिटनकाे आधारमा मूल्यांक गर्नुपर्छ'- उहाँले भन्नुभयाे ।
परराष्ट्र मन्त्रालयका लागि विनियाेजित बजेट कम भएकाे सांसद् पन्तले बताउनुभयाे । ज्ञानचन्द्र आचार्य, शंकर शर्मा र श्रीधर खत्री याेग्यताकाे दृष्टिले उपयुक्त पात्र रहेकाे भन्दै सांसद्, राजदूत फिर्ता बाेलाउँदा र नियुक्त कायम राख्दा राजदूतकाे कामका आधारमा हुनुपर्ने उहाँले बताउनुभयाे । 'राजदूतकाे फेस नहेर्नुस्, काम हेर्नुस्, देशलाई प्रतिफल चाहिन्छ, देशले गरेकाे लगानीकाे'- सांसद् पन्तले भन्नुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका क्रममा फिर्ता गरेकाे राजदूतलाई लिएर अर्काे देशकाे प्रधानमन्त्रीसँग वार्तामा बस्दा उपयुक्त नदेखिएकाे उहाँले बताउनुभयाे । सांसद् पन्तले भन्नुभयाे -'जुन देशमा आफैं भ्रमण गर्न जाँदै हुनुहुन्थ्याे त्याे देशबाट त भ्रमण गरिसकेपछि पाे राजदूत फिर्ता बाेलाउने हाे, फिर्ता बाेइसकेकाे राजदूतलाई लिएर अर्काे देशकाे प्रधानमन्त्रीसँग वार्तामा बस्दा त्यति उपयुक्त देखिएन, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयकाे ध्यान नपुगेकाे विषय हाे, याे हामीले समर्थ गरेकाे गरेकाे सरकार हाे, त्यसैले यस्ता कुरामा त्रुटि नहाेस् भन्ने म चाहान्छु ।'
भारत, चीन र अमेरिकामा एवान क्षमता र याेग्यता भएका राजदूत पठाउनुपर्ने उहाँले बताउनुभयाे । सांसद् पन्तले भन्नुभयाे - 'भारत चीन र अमेरिकामा एवान एम्बेष्टर चाहिन्छ, जसले आवश्यकतालाई राख्न र पूर्ति गर्न सक्छ ।' इंग्ल्याण्डमा पनि राम्राे राजदूत पठाउनुपर्ने उहाँले बताउनुभयाे ।
जापान र दक्षिण काेरियामा प्राविधिक विषयमा क्षमताशाली राजदूत पठाउनुपर्ने सांसद् पन्थले बताउनुभयाे । डाक्टर, कृषि, इञ्चनियर र आईटीमा छात्रावृत्ति माग्नुपर्ने उहाँले बताउनुभयाे ।
नेपालले दक्ष र क्षमता भएका कामदार पठाउन सक्छ भन्ने पुष्टि गर्नुपर्ने सांसद् पन्तले बताउनुभयाे ।
