काठमाडाैं । नेकपा एमालेकी सांसद् सरिता भुसालले डेंगु संक्रमण नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् भुसालले अहिले तराई मात्र नभएर देशका अन्य ठाउँमा पनि डेंगु संक्रमण बढ्दाे क्रममा रहेकाे भन्दै संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
जलवायु परिवर्तनका कारण तराईमा मात्र नभएर देशका अन्य जिल्लामा पनि वर्षभरि नै लामुखुट्टे र डेंगुकाे संक्रमण बढेकाे भन्दै उहाँले लामखुट्टे नियन्त्रण लगायत काम गर्न सरकारलाई आग्रह गर्नुभयाे । 'तसर्थ डेंगु संक्रमण हुने ठाउँमा डेंगुकाे पहिचान र उपचारका लागि चाहिने आवश्यक प्रविधि र जनशक्ति उपलब्ध गराई डेंगु संक्रमण फैलाउने लामखुट्टे नियन्त्रणका लागि आवश्यक पहल गर्न सरकारकाे ध्यानाकर्षण गर्दछु'- सांसद् भुसालले भन्नुभयाे ।
काठमाडाैं जिल्लाकाे डेंगु संक्रमणदर १० प्रतिशत बढेकाे भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयाे ।
