काठमाडौं । प्रतिनिधि सभा विश्व प्रकाश शर्माले आन्दोलनमा रहेका दुग्ध उत्पादक किसानको मास सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै शर्माले अहिले ६ बढी किसानले सात महिनादेखि उत्पादन गरेको दूधको भुक्तानी नपाएको बताउनुभयो । ‘सात महिनादेखि भुक्तानी पाएका छैनन्, ५ अरब रुपैँया भएको छ’, उहाँले भन्नुभयो ।
लोकतन्त्रमा एक जनाले विरोध गर्दा पनि माग सम्बोधन हुनु पर्ने उहाँले बताउनुभयो । लोकतन्त्र छ, दुग्ध किसानलाई तत्काल न्याय गर्न सरकारले पहल गर्नु पर्यो, लाठी हान्ने काम बन्द गर्नु पर्यो’, उहाँले भन्नुभयो ।
