काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैँया भन्दा कमका योजना संघीय सरकारले सञ्चालन नगर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभामा सांसदहरूले उठाउनुभएको प्रश्नका जवाफ दिँदै सरकारको नीति विपरीत मन्त्रालयहरूले ३ करोड भन्दा कम रकमका योजना छुट्याएका भन्दै यस्तो खालको अटेरी नगर्न आग्रह गर्नुभयो ।
उहाँले ३ करोड भन्दा तलका योजनाहरू सम्भव भएसम्म प्रदेश र स्थानीय तहमा नै पठाउने बताउनुभयो । बैठकमा सांसद् तोसिमा कार्कीले १ लाख रुपैँया सम्मका बजेट पनि संघीय सरकारको कार्यक्रममा राखिएका उदाहरण पेस गर्नुभएको थियो । त्यसको जवाफ दिँदै दाहालले ती योजना सकेसम्म प्रदेश र स्थानीय तहमा नै पठाउने बताउनुभयो ।
