काठमाडाैं । कोशी प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष २०८१-८२ काे बजेट पारित भएको छ ।
शनिबार बसेकाे काेशी प्रदेश सभा बैठकले सरकारकाे बजेट बहुतले पारित गरेकाे हाे । बैठकले विनियोजन विधेयक २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित गरेकाे हाे ।
त्यसअघि सभामा पेस भएका खर्च कटाैती सम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । नेपाली कांग्रेसका सांसद् गोपाल तामाङ र राप्रपाका सांसद् सविना बजगाईंले पेस गर्नुभएकाे खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएका हुन् ।
काेशी प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री रामबहादुर मगरले असार १ गते ३५ अर्ब २७ कराेड रुपैयाँकाे बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएकाे थियाे ।
बजेटमाथि असार ४ गतेदेखि असार ७ गतेसम्म छलफल भएकाे थियाे । बजेटमा उठेका प्रश्नकाे अर्थमन्त्री मगरले जवाफ दिनुभएकाे थियाे ।
