काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८१ का लागि सरकारकाे बजेट पारित गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१, लाई पारित गरियोस् भनि प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
अर्थमन्त्रीले नै आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस्, भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । अर्थमन्त्रीले नै भन्सार महशुल सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
त्यसअघि विनियाेजन विधेयककाे विभिन्न मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नकाे सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे ।
त्यसपछि सभामुख देवराज घिमिरेले खर्च कटाैतीका प्रस्तावहरुलाई निर्णयार्थ पेस गर्नुहुनेछ । त्यसपछि विनियोजन विधेयक, २०८१ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
