काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ का शुकबहादुर तितुङकाे हत्यारामा संलग्नलाई कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिन माग गर्नुभएकाे छ ।
असार ७ गते केही साथीसहित मध्यवर्ती क्षेत्रमा जाेडिएकाे वनमा गएका तितुङलाई पर्सा वन्यजन्तु आरक्षमा खटिएका कर्मचारी, सुरक्षाकर्मीहरु र नेपाली सेनाले गाेली हानेर हत्या गरेका बताउनुभयाे ।
वन जंगल संरक्षण गर्ने जनतालाई नै गोली हानी मार्ने काम दु:खद रहेकाे उहाँले बताउनुभयाे । 'जसले वन जंगल संरक्षण गरे, जैविक विविधता जाेगाउन त्यहाँका लागेका छन्, तर मध्यवर्ती, आरक्ष र निकुञ्जका कारणले गर्दा त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवीयता समेत नराखीकन छातीमा गाेली ठाेकेर हत्या गर्नेसम्मकाे ठूलाे जघन्य अपराध भयाे, याे लाेकतन्त्र र गणतन्त्रमा नागरिकलाई दिन दाहाडै गाेली ठाेकेर मार्दिने जे परिस्थिति विकास भयाे आरक्षका कर्मचारीबाट म सरकारकाे गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु'-प्रमुख सचेतक बर्ताैलाले बताउनुभयाे ।
जे नहुनु भइसकेकाे भन्दै उहाँले दाेषीलाई कारबाहीकाे दायरामा ल्याउन र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । प्रमुख सचेक बर्ताैलाले भन्नुभयाे - 'दाेषी सुरक्षाकर्मीलाई पहिचान गर्ने, कारबाहीकाे प्रक्रियामा अगाडि बढाउने र पीडित परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि सरकारकाे गम्भीर ध्यानाकर्षण गराउँछु ।'
याे अपराध कर्ममा जाेडिएका जाेकाेही भएपनि छाेड्न नहुने उहाँले बताउनुभयाे । यस्ता खालका घटना आगामी दिनमा हुन नदिन प्रमुख सचेतक बर्ताैलाले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
