काठमाडौं । प्रतिनिधि सभा सदस्य धनराज गुरुङले मेनपारव कम्पनीबाट नेपाली युवा ठगिएका बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै गुरुङले मेन पावरहरूले जथाभाबी रकम लिएर युवालाई ठगेका बताउनुभयो । युवालाई अवैध तरिकाले विदेश पठाउने र फर्काउने काम गरिँदा देशकै सिर निहुरिएको उहाँको धारणा छ । ‘युवालाई लोभ देखाएर विदेश पठाउने र ठग्ने काम क्षम्य छैन’, उहाँले भन्नुभयो ।
कुवेतमा अहिले पनि ४१ हजार महिला काममा रहेका र त्यस मध्ये २७ हजार महिला अवैध रूपमा बस्दै आएको उहाँले बताउनुभयो । ६ महिना भित्र मात्रै १० हजार महिला अवैध तरिकाले कुवेत पुगेको उहाँले जानकारी दिनुभयो ।
महिलाहरूलाई अवैध बाटोबाट दुवई हुँदै कुवेत पुर्याएको उहाँले बताउनुभयो । ‘गैरकानुनी ढङ्गबाट नेपाली महिलालाई त्यहाँ पुर्याउने काम भएको छ, यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउँछु’, उहाँले भन्नुभयो ।
