काठमाडाैं । नेकपा एमालेकी सांसद् सम्झना थपलियाले सिरहा लगायत तराई-मधेशका जिल्लामा शान्ति सुरक्षाको अवस्था बिग्रिएको बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् थपलियाले सिरहा लगायत तराई-मधेशका जिल्लामा शान्ति सुरक्षाको अवस्था हदैसम्म बिग्रिएकाले सरकारकाे ध्यान जानुपर्ने बताउनुभयाे ।
विगत ३ महिनाभित्र श्रृंखलाबद्ध रूपमा भएकाे एकदर्जन बढी चोरी डकैतीका घटनाले समाजमा डर र त्रास पैदा भएकाे उहाँले बताउनुभयाे । एकातिर श्रृंखलाबद्ध चाेरी-डकैतीकाे घटना भएकाे र अर्काेतिर गाउँ गाउँमा आपराधिक समूहले यति दिनभित्र याे गाउँ लुट्छाैं र चाेरी गर्छाैं भनेर पर्चा र पोस्टर टाँस्दै हिँडेका सांसद् थपलियाले बताउनुभयाे ।
उर्खमाउलाे गर्मी र धान राेप्ने चटाराेबीच जनता भय-त्रासले आजित भएकाे उहाँले बताउनुभयाे । जनता रातिमा सुत्न सक्ने अवस्था नरहेकाे र रातभर जागा बसेर सुरक्षा दिने अवस्था रहेकाे बताउँदै सांसद् थपलियाले भन्नुभयाे - 'नागरिकहरू अनिदो रही घरेलु हतियार लिएर रातभर जाग्रम बस्नुपर्ने परिस्थिति सिर्जना
स्थानीय प्रहरी प्रशासनले परिस्थितिलाई नियन्त्रणमा लिन नसकेकाे भन्दै उहाँले डाँकाे मनाेबल बढेकाे र सुरक्षा निकायकाे मनाेबल घट्दाे रहेकाे बताउनुभयाे । सांसद् थपलियाले सिरहामा प्रहरीले नसकेपछि नेपाली सेनालाई सुरक्षाका लागि अपिल गरिएकाे बताउनुभयाे ।
चाेर-डाँकाकाे हल्लाले गाउँमा नयाँ व्यक्ति देख्दासाथ कुट्ने पिट्ने काम भइरहेका उहाँले बताउनुभयाे । सिरहा लगायत सिंगाे तराई-मधेशमा चाेरी डाँकाकाे नियन्त्रणका लागि विशेष सुरक्षा अभियान सञ्चालन गर्न, जनतालाई डर त्रासबाट मुक्ति दिन सांसद् थपलियाले गृहमन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे ।
