काठमाडाैं । प्रतिनिधि सभामा विनियाेजन विधेयक अन्तर्गत परराष्ट्र मन्त्रालयकाे शीर्षक हटाइएको छ ।
प्रतिनिधि सभाकाे साेमबारकाे बैठकमा केही सांसद्ले सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुपर्ने माग गरेपछि परराष्ट्र शीर्षक हटाइएको हाे ।
बैठकमा सभामुख घिमिरेले उपप्रधान तथा परराष्ट्रमन्त्रीकाे तर्फबाट उर्जा जलस्राेत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलाई जवाफ दिन समय दिएकाे बताउनुभएकाे थियाे ।
लगत्तै बैठकमा नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले बिहान सभामुख देवराज घिमिरे परराष्ट्रमन्त्रीकाे कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुभएकाे बताउनुभएकाले प्रधानमन्त्रीले नै जवाफ दिनुभयाे ।
त्यसपछि एमालेका सांसद् रघुजी पन्त र कांग्रेस सांसद् प्रदीप पौडेलले छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयाे ।
सांसदहरूको मागबमोजिम सभामुख घिमिरेले कार्यसूची हेरफेर गरी परराष्ट्र शीर्षक हटाइएको जानकारी गराउनुभयाे ।
आजकाे बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने कार्यसूची थियो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ हाल मन्त्रालयको कामको सिलसिलामा विदेश भ्रमणमा हुनुहन्छ ।
