काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राष्ट्रिय याेजना आयाेगले ताेकेकाे सीमाभित्र रहेर बजेट तथा कार्यक्रम प्रस्ताव गरिएकाे बताउनुभएकाे छ ।
आगामी आर्थिक वर्षका लागि भाैतिक मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधि सभामा सांसद्हरुले उठाएका प्रश्नको साेमबार जवाफ दिँदै उहाँले प्रादेशिक सन्तुलन, जनसंख्याकाे सन्तुलन, रणनीतिक महत्व राख्ने क्षेत्र तथा प्रमुख आर्थिक केन्द्रलाई प्राथिमकता, तथा आर्थिक सामाजिक विकासका क्षेत्रलाई आधार मानेकाे बताउनुभयाे ।
याेजना आयाेगबाट जारी भएकाे सिलिङ अनुसार कुनै खास जिल्लामा बजेट केन्द्रित गरियाे भन्नु गलत रहेकाे मन्त्री महासेठले बताउनुभयाे । विगतमा अगाडि बढेका आयोजनामा बजेट राख्दा कुनै जिल्लामा बढी बजेट गएको उहाँले बताउनुभयाे ।
मन्त्री महासेठले तमाेर करिडाेरलाई सरकारले उच्च प्राथमिकतामा राखेकाे र माथिल्लाे खण्डका लागि १ अर्ब ९ कराेड ९८ बजेट विनियाेजन गरिएकाे बताउनुभयाे । उहाँले पाथिभरा क्षेत्रमा काम सुरु भइरसेकाे उहाँले बताउनुभयाे ।
