काठमाडाैं । जसपाकी सांसद् रञ्जु झाले कायममुकाय मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउन सरकारसँग माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् झाले नेपालमा महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, मन्त्री भइसकेकाे भन्दै अब मुख्यसचिव हुनुपर्ने बताउनुभयाे ।
हालका मुख्यसचिव डा. बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बित भएकाे अवस्थामा गड्ताैला मुख्यसचिव हुँदा भ्रष्टाचार कम हुने उहाँले दाबी गर्नुभयाे ।
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले अर्यालसहित विभिन्न सरकारी अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । त्यसपछि उहाँ स्वत: निलम्बन हुनुभएकाे छ । सरकारले अर्याललाई राष्ट्रिय याेजना आयाेगमा विशेष पद खडा गरेर सरुवा गरेकाे छ ।
