काठमाडौं । नेकपा एमालेका सांसद् लक्ष्मी महतो कोइरीले बजेटमाथि टिप्पणी गर्नुअघि आफू नेतृत्वकाे सरकारकाे बजेट स्मरण गर्न नेपाली कांग्रेसका सांसद्लाई सुझाव दिनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् काेइरीले कांग्रेसले अर्थमन्त्रालय सम्हाल्दाकाे बजेट हेर्न सुझाव दिनुभयाे ।
'कांग्रेसको माननीयज्युहरु बोल्नुभयो यो बजेटको बारेमा, यो भन्दा पहिलेको सालको पूर्व अर्थमन्त्रीज्युले कसरी राख्नुभयो बजेट ? त्यो पनि हेर्नु पर्दथ्यो, उहाँहरुले शेरबहादुर देउवाको क्षेत्रमा, प्रकाशशरण महतजीको क्षेत्रमा, अहिलेको हाम्रो मन्त्रीले राख्नुभयो के फरक पर्यो ?'- उहाँकाे प्रश्न छ ।
