काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद् जीवन परियारले करका दर नभएर दायरा बढाउनुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक विधेयक, २०८१ माथि विचार गरियाेस् भन्ने प्रस्तावमाथिकाे छलफलमा बाेल्दै सांसद् परियारले भन्नुभयाे - 'करकाे दर हाेइन, करकाे दायरा बढाउन जरुरी छ ।'
करकाे दायरा बढाए मात्र राजस्वमा वृद्धि हुने उहाँले बताउनुभयाे । स्वदेशी मह र दूधलाई प्राथमिकता दिनुपर्ने र विदेशबाट आउने मह र दूधमा कर बढाउनुपर्ने सांसद् परियारले बताउनुभयाे ।
