काठमाडाैं । आर्थिक विधेयक, २०८१ माथि विचार गरियाेस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएकाे हाे ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएकाे आर्थिक विधेयक, २०८१ माथि विचार गरियाेस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएकाे हाे ।
त्यसअघि साे विधेयकमाथि सैद्धान्तिक छलफल भएकाे थियाे । छलफलमा उठेका प्रश्नकाे अर्थमन्त्री पुनले जवाफ दिनुभएकाे थियाे ।
बैठकमा सभामुखकाे आसनमा बस्नुभएका उपसभामुख इन्दिरा रानाले साे विधेयककाे दफावार छलफलका लागि असार १६ गते आइतबारकाे समय ताेकेकाे जानकारी गराउनुभयाे ।
