काठमाडाैं । राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रतिनिधि सभाबाट स्वीकृत भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियाेस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेकाे हाे ।
अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएकाे साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुखकाे आसनमा बस्नुभएका उपसभामुख इन्दिरा रानाले विधेयक बहुमतले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद्ले उठाएका प्रश्नको अर्थमन्त्री पुनले जवाफ दिनुभएकाे थियाे ।
