काठमाडौं । नेकपा एमालेकी सांसद् सूर्यकुमारी श्रेष्ठले काेदाे उत्पादनमा जाेड दिएर लाेकल रक्सीलाई ब्राण्डिङ गर्नुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् श्रेष्ठले आदिवासी जनजाती समुदायकाे सीप र पेसा लाेकल मदिरा रक्सीलाई ब्राण्डिङ गर्ने निर्णय गरेकाेमा सरकारलाई धन्यवाद दिनुभयाे ।
नेपाली ब्राण्डको नाम तीनपाने अर्गानिक जनजाति रक्सी राख्न समेत उहाँले प्रस्ताव गर्नुभयाे । 'चैत धानलाई जस्तै गरेर देशकाे हरेक भूभागमा कोदो उत्पादनमा जोड दिऔं, कोदो खेतीको ब्रान्डिङ गरौं, कोदो र चामलबाट बनाइने तीनपाने अर्गानिक रक्सीलाई अब बाेतलमै सिलबन्दी गर्ने व्यवस्था गराैं, तीनपाने अर्गानिक आदिवासी जनजाति रक्सी भनेर लेवल नै राखौं र विदेश सप्लाई गरौं ।'
नेपाली रक्सी विदेश निर्यात गर्न सके नेपालको आर्थिक स्थिति सुधार हुने र नेपालका आदिवासी जनजातिको जीवनस्तर माथि उठ्ने दाबी उहाँले गर्नुभयाे ।
सरकारले आगामी आर्थिक वर्ष ०८१-८२ को बजेटमा लोकल रक्सीको ब्राण्डिङ गर्ने भनेको छ ।
