काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बीआरआई र एमसीसी परियोजनालाई एउटै काँटामा राखेर नेपाली जनतालाई अल्मल्याउन नपाइने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले नेपालमा बीआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन खाेजिएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
नेपाललाई चीन विराेधी अखडा बनाउने अमेरिकाकाे षड्यन्त्रप्रति नेपाली जनता सजग हुनुपर्ने उहाँले बताउनुभयाे । 'गुमराह गरेर एमसीसीको पक्षमा नेपाललाई दुर्घटनामा पार्ने र चीन विरोधी अखडा नेपाललाई अमेरिकाले गराउने षड्यन्त्रमा नेपाली जनता सजग हुनुपर्छ, बीआरआईको पैसाले हो २४ खर्ब नेपालीले ऋण लागेको टाउकोमा ? यसमा स्पष्ट पार्नुपर्छ, बीआरआईको माध्यमबाट नेपालमा जसरी चीन आउन खोजेको छ, एमसीसी र बीआरआईलाई एउटै काँटामा राखेर नेपाली जनतालाई अल्मल्याउन पाइँदैन'- अध्यष केसीले भन्नुभयाे ।
एमसीसी र बीआरआईबीचको अन्तर सम्बन्धबारे नेपाली जनतालाई स्पष्ट पार्न अध्यक्ष केसीले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'नेपालको सन्दर्भमा यदि त्यो बीआरआईको ऋण हो भने यतिबेला एमसीसीलाई बलियो बनाउँदै लाने ? एमसीसी भनेको नेपाललाई इण्डोप्यासिफिक रणनीतिभित्र सामेल गरेको होइन ? अमेरिकाले चीनसँगको प्रतिष्पर्धामा नेपाललाई उपयोग गर्नका लागि एमसीसी बोकाएको होइन ? यो कुरा बुझ्दैनौँ हामीले ? त्यसकारण देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि सौदाबाजी गरेर सत्ताधारीहरुले जुन खालको राष्ट्रघात गरिराखेका छन्, यसमा एमसीसी र बीआरआईबीचको अन्तर के हो ? त्यो नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ, गुम्राह गरेर एमसीसीकाे पक्षमा नेपाललाई दुर्घटनामा पार्ने र चीन विराेधी अखडा नेपाललाई बनाउने अमेरिकाकाे षड्यन्त्र छ यसमा नेपाली जनता सजग हुनुपर्छ'- उहाँले भन्नुभयाे ।
बीआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य खडा गर्न खाेजिएकाे भन्दै अध्यक्ष केसीले आपत्ति जनाउनुभयाे । 'अमेरिकनहरुले एमसीसीको भारी बोकाउँदा, नेपाली जनताले चारैतिर असहमति, विराेध र आन्दाेलन गर्दा यहाँका शासककाे भाषा के थियाे ? एमसीसीकाे प्रावधान नेपालकाे संविधानसँग बाझ्याे भने नेपालकाे संविधानमाथि हुने ? अहिलेकै सत्ताधारी साथीहरुले एमसीसी ल्याउँदाखेरी, अमेरिकनहरुले एमसीसीको भारी बोकाउँदाखेरी धुन्धान विरोध गरेको होइन ? हामी सत्तामा बस्ने छैनौँ, हामी राजनीति गर्ने छैनौँ भनेर नेपाली जनताको अगाडी उफ्रेको होइन ? आखिरी कथित १२ बुँदेको जामा लगाएर, एमसीसीबाट नेपाल राष्ट्रलाई पर्ने असरबाट १२ बुँदेले चोख्यायो भनेर छल, कपट गरेर, षड्यन्त्र गरेर, अमेरिकी साम्राज्यवादको पासो नेपाली जनतालाई बोकाएको हो कि होइन ?'- उहाँकाे प्रश्न छ ।
अमेरिकाले चीनसँगको प्रतिष्पर्धामा नेपाललाई उपयोग गर्नका लागि एमसीसी बोकाएको भन्दै उहाँले एमसीसी अमेरिकी साम्राज्यवादको पासो भएकाे बताउनुभयाे । अमेरिकाले नेपाललाई चीन विराेधी अखडा बनाउन खाेजेकाे उहाँले बताउनुभयाे ।
अमेरिकाले नेपाललाई चीन विराेधी अखडा बनाउन खाेजेकाे उहाँले बताउनुभयाे ।
