काठमाडौं । प्रतिनिधि सभा सदस्य चित्रबहादुरले एमसीसीको विरोध गर्नेहरू नै अहिले एमसीसीको पक्षमा पुगेका बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले एमसीसीको कानुनलाई नेपालको कानुन भन्दा माथि राख्न गरी स्विकारेको बताउनुभयो । ‘कथित १२ बुँदेको जामा लगाएर, १२ बुँदेबाट एमसीसीबाट नेपाललाई पर्ने असरबाट चोख्यायो भनेर छलकपट गरेर षडयन्त्र गरेर अमेरिकी साम्राज्यवादको पासो नेपाली जनतालाई बोकाएको हो कि होइन ?’ उहाँले प्रश्न गर्नुभयो ।
चीनसँग प्रतिस्पर्धा गर्न अमेरिकाले नेपाललाई एमसीसीको पासो बोकाएको उहाँले दाबी गर्नुभयो । एमसीसीको नाममा अमेरिकाले नेपाललाई इण्डाे प्यासिफिक रणनीति भित्र समावेश गरेको केसीले बताउनुभयो । सत्ताधारीले देशको सार्वभौमिकता र अखण्डता माथि राष्ट्रघात गरेको केसीले आरोप लगाउनुभयो ।
चीनसँग धेरै मतभेद भए पनि चीनले ल्याएको बीआरआई र अमेरिकालाई एउटै काँधमा राखेर तुलना गर्न नमिल्ने उहाँले स्पष्ट पार्नुभयो ।
