काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीले शिक्षाको क्षेत्रमा वर्तमान नेतृत्व असफल भएको बताउनुभएको छ ।
हिजो प्रकाशित भएको एसईई परीक्षाका नतिजाले नेपालीको ध्यान तानेको भण्डारीले बताउनुभयो । ‘प्रविधिको युगमा ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको यो विकासको नकारात्मक र नेतृत्वको अत्यन्त ठुलो असफलता हो’, उहाँले भन्नुभयो ।
बाढी पहिरोबाट नागरिकलाई जोगाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढी पहिरोबाट लगातार नागरिकको ज्यान गएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘बाढी पहिरोले नेपालीलाई त्रसित र चिन्तित बनाएको छ’, उहाँले भन्नुभयो ।
