काठमाडाैं । जलस्रोत विधेयक, २०८१ प्रतिनिधि सभामा पेस भएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतलेकाे तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साे विधेयक पेस गर्नुभएकाे हाे ।
विधेयक पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि विराेधकाे सूचना प्राप्त नभएकाले अनुमति प्राप्त भएकाे सभामुख देवराज घिमिरेले सभालाई जानकारी गराउनुभएकाे थियाे ।
