काठमाडाैं । आज संसद् दिवस, विभिन्न कार्यक्रम मनाइँदै छ ।
नेपालमा २०१६ साल असार १६ गते नेपालको पहिलो संसद्को बैठक बसेको सम्झनामा यो दिवस मनाउन लागिएको हो ।
नेपालको पहिलो संसद्को पहिलो बैठक राति ११ बजेर ४५ मिनेटको साइत पारी बोलाइएकामा सभा प्रारम्भ भने ठिक मध्यरात १२ बजे सिंहदरबारस्थित ग्यालरी बैठकमा बसेको इतिहास छ ।
दिवसकाे अवसरमा पूर्व सांसद् मञ्च, संसदीय मामिला पत्रकार समाज लगायतले कार्यक्रम गर्दैछन् ।
