काठमाडाैं । आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले तीन वटै विधेयक पारित गरियाेस् भनि प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि बैठकमा बजेटसँग सम्बन्धित ती ३ वटै पूरक विधेयकमाथि सैद्धान्तिक छलफल भएकाे थियाे । छलफलमा उठेका प्रश्नकाे अर्थमन्त्री पुनले जवाफ दिनुभएकाे थियाे ।
बजेटसम्बन्धी मुख्य विधेयक विनियाेजन विधेयक,२०८१ प्रतिनिधि सभाबाट यसअघि नै पारित भइसकेकाे छ ।
