काठमाडाैं । १५ मिनेटका लागि स्थगित भएकाे प्रतिनिधि सभा बैठक सुरु भएकाे छ ।
साेमबार बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद् रामकृष्ण यादवले सदनमा मन्त्रिपरिषद्को सदस्य र मन्त्री कसैको पनि उपस्थिती नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटको लागि स्थगित गर्नुभएकाे थियाे ।
