काठमाडौं । अर्थ मन्त्री वर्षमान पुनले आउने आर्थिक वर्षको बजेट अन्याय पर्ने गरी विनियोजन नगरेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसदले सांसद विद्या भट्टराईले उठाएको प्रश्नको जवाफ दिँदै पुनले समन्यायिक प्रणाली अनुसार नै बजेट निर्माण गरिएको बताउनुभयो । बजेट वितरणमा न्यायिक प्रणाली नै अपनाइएको उहाँले दाबी गर्नुभयो ।
सांसद विद्या भट्टराईले बजेट विनियोजनमा अनियमितता भएको बताउँदै यसको अन्त्य कहिले हुने भन्दै प्रतिप्रश्न गर्नुभयो ।
त्यसको जवाफ दिँदै पुनले नेपालमा बजेट ल्याउने प्रचलन परम्परागत रहेको बताउँदै आफूहरू विभिन्न कानुनमा बाँधिएको बताउनुभयो । प्रदेश र स्थानीय तहका मागलाई सम्बोधन गर्दा केही साना आयोजनामा पनि पैसा गएको उहाँले सुनाउनुभयो ।
आफूहरूले निक्कै दबाबमा काम गरेको उहाँले बताउनुभयो । गागामी दिनमा यसलाई व्यवस्थित गरेर जानु पर्ने पुनले बताउनुभयो ।
