काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा गुण्डागर्दी नसहने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू शिक्षामन्त्री रहुञ्जेल दलीय राजनीति हटाएर छाड्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'जबसम्म म शिक्षामन्त्री छु बरु प्रहरी युज गर्छु तर गुण्डागर्दी सहन्न,जसरी भएपनि दलीय राजनीतिकरण हटाएररै छाेड्ने हाे ।'
त्रिभुवन विश्वविश्वालय लगायत अन्य शैक्षिक क्षेत्रमा दलीय राजनीतिक हस्तक्षेप अन्त्य नभएसम्म समस्याहरु देखिइरहने मन्त्री श्रेष्ठले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'प्राध्यापकहरुकाे पनि सेवासुविधाकाे टियुमा सेवा आयाेगले नयाँ विज्ञापन खाेलेकाे थियाे, त्याे विज्ञापन गर्न पाइँदैन भनेर फेरी एउटा समूह उठेछ, तालाबन्दी गरेछ थ्रेट दिएछ, प्रहरी राखेर अन्तर्वार्ता गर्नुपर्ने छ, यसमा त सबैले म म भन्नुपर्ला त्याे भातृ संगठन कुन दलकाे हाे भनेर, शिक्षामन्त्री र प्रहरी गयाे भने राजनीतिक हस्तक्षेप, याे त्यतिबेलासम्म कायम रहन्छ, जुन बेलामसम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन ।'
उत्तरपुस्तिका गायब पार्नेलाई कारबाही गर्नुपर्छ भन्दा पनि राजनीतिक हस्तक्षेप हुने गरेकाे मन्त्री श्रेष्ठले बताउनुभयाे ।
