काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रधानमन्त्रीले विधिको शासन र संविधानको धारणा अनुसार काम गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै लोकतन्त्रमा लोकतान्त्रिक विधिबाट सरकार लगायत सबै अङ्ग परिचालिन हुनुपर्नेमा पन्तले जोड दिनुभयो । जनताको समस्यालाई सम्बोधन गर्ने हिसाबले सरकारले काम गर्नुपर्ने पन्तको भनाइ छ ।
