काठमाडाैं । प्रतिनिधि सभाले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक (बाफिया), २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक (बाफिया), २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठायाेस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेकाे हाे ।
अर्थमन्त्री वर्षमान पुनले साे प्रस्ताव पेस गर्नुभएकाे थियाे । साे विधेयक २०८० चैत ५ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।
