काठमाडाैं । प्रतिनिधि सभाको सचिवमा संखुवासभाका सुरेश अधिकारी नियुक्त हुनुभएकाे छ ।
सभामुख देवराज घिमिरेकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले अधिकारीलाई मंगलबार सचिवमा नियुक्त गर्नुभएकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ ।
'राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका-२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ'- विज्ञप्तिमा उल्लेख छ ।
