काठमाडौं । प्रतिनिधि सभामा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार अल्पमतमा परिसकेकोले प्रधानमन्त्रीले पदबाट राजीनामा दिनु पर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बर्तौलाले वर्तमान सरकारले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहने नैतिकता गुमाएको बताउनुभयो ।
‘वर्तमान सरकारले सामान्य मत मात्र होइन बहुमत गुमाएको छ, बहुमत गुमाएको सरकार पदमा रहिरहनु शाेभनीय हुँदैन’, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा नयाँ राष्ट्रिय निर्माणको सहमति भएकोले त्यसमा सघाउन उहाँले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार बनाउने काममा मार्ग प्रशस्त गर्न पनि आग्रह गर्नुभयो ।
