काठमाडौं । प्रतिनिधि सभा सदस्य रमेश लेखले बाढी पहिरो पीडितको राहत र उद्धारमा सरकारको ध्यान जान नसकेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लएर बोल्दै लेखकले थुप्रै मानिस हताहत भएका, देश भरी हजारौँ मानिस विस्थापित र अरबौँका धनमाल क्षति हुँदा समेत सरकारको ध्यान नगएको बताउनुभयो । सरकारले कति मानिसको ज्यान गयो, कति घाइते भए, कति विस्थापित छन्, कति धनमाल क्षति भयो भन्नेसम्म जानकारी नगराएको उहाँले टिप्पणी गर्नुभयो ।
सरकारले पुरै ३० दिएर विश्वासको मत लिन सक्ने बताउँदै लेखकले तर सरकारको काम अनुभूति हुने गरी हुनुपर्नेमा जोड दिनुभयो । ‘सरकार हुँदासम्मत सदन प्रति उत्तरदायी भइदिनु पर्यो’, उहाँले भन्नुभयो ।
उहाँले सरकालाई पीडितको उद्धार राहतमा गम्भीर हुन आग्रह गर्नुभयो । लेखकले सरकारलाई द्रुत गतिमा काम गर्न लेखकले सुझाव दिनुभयो ।
