काठमाडौं । प्रतिनिधि सभा सदस्य रामकृष्ण यादवले देश राजनीतिक सङ्क्रमणको अवस्थामा रहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बाेल्दै यति बेला जनताको समस्या समाधान गर्ने सबै निकाय निष्क्रिय अवस्थामा रहेका उहाँले बताउनुभयो । सरकारले विदेशमा रहेका नेपालीको लास समेत ल्याउन नसकेको बताउनुभयो । ‘यसले गर्दा सरकार प्रति अनास्था उत्पन्न भएको छ, यसको जवाफ कतै हामीले पाइरहेका छैनौँ’, उहाँले भन्नुभयो ।
यादवले आगलागी पीडित, बाढी, पहिरो पीडित नागरिकलाई सरकारले राहत र उद्धारका कुनै कार्यक्रम सञ्चालन गर्न नसकेको बताउनुभयो । ‘नागरिकले क्षतिपूर्ति पाएको छैन, बासको व्यवस्था भएको छैन’, उहाँले भन्नुभयो ।
