काठमाडौं । प्रतिनिधि सभा सदस्य रोशन कार्कीले गृह मन्त्री रवि लामिछानेले आफ्नो कर्तव्य बोध गर्न नसकेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कार्कीले देश बाढी, पहिराको चपेटामा पर्दा पनि गृहमन्त्री बेखबर हुनुभएको बताउनुभयो । ‘अहिले पनि तपाईँ गृह मन्त्री हुनुहुन्छ, राज्य कोषको सुविधा लिनुभएको छ, तपाईँको गाडीमा नेपालको झण्डा छ’, उहाँले भन्नुभयो ।
डुबान, बाढी, पहिरो सबै तिर त्राहिमाम् हुँदा पनि गृह मन्त्री भने आफ्नै बेचयनीमा हराउनुभएको कार्कीले बताउनुभयो । भ्रष्टाचारका फाइल खोल्ने कुरा गर्दा उहाँको भ्रष्टाचारको फाइल पनि खुल्ने डरले गृह मन्त्री अत्तालिनुभएको कार्कीले बताउनुभयो । ‘फाइलहरू त खुल्न थालेका छन्, यो त अर्को सरकारले पनि खोलिदेला, कहीँ उहाँ आफ्नै फाइलसँग सशङ्कित हुनुहुन्छ कि जस्तो कि लाग्यो’, उहाँले भन्नुभयो ।
नेपाली जनता संकटमा परेको बेला अनेक खालका फाइलका कुरा गरेर बसेको उहाँले बताउनुभयो । ‘राम कहानी त पछि सुनाउँला’, उहाँले भन्नुभयो ।
