काठमाडौं । प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले देश विभिन्न खालको संकटमा रहेको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै भण्डारीले अहिले देश भरी भारी वर्षाको कारण बाढी पहिरो जाने क्रम तीव्र रहेको बताउनुभयो । त्यस्तै देशमा राजनीतिक सङ्कट रहेको उहाँले बताउनुभयो । ‘सिङ्गो मुलुक संकटमा छ, अनाहकमा नागरिकले ज्यान गुमाउनु परेको छ, सिङ्गो मुलुक शोकमा छ’, उहाँले भन्नुभयो ।
देशवासीको रक्षा र सुरक्षाको लागि सिङ्गो देश एक ठाउँमा उभिनु पर्ने बेला आएको उहाँले बताउनुभयो । सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा भण्डारीले जोड दिनुभयो ।
