काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साहले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सकार निकम्मा साबित भएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै साहले राज्य पहिरोले बगाएको बस समेत फेला पार्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । ‘यस्तो पनि हुन्छ राज्य ?’, उहाँले प्रश्न गर्नुभयो ।
बाढी, पहिरोमा मानिसहरूको ज्यान जाँदा पनि नागरिकले सरकारको अनुभूति गर्न नसकेको साहले बताउनुभयो । सरकार रहने लाभ मात्रै खोजेर हिँड्ने जनताको काममा नलागेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
