काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत गुमाउनु भएको छ ।
शुक्रबार प्रतिनिधि सभामा भएको मतदान प्रक्रियामा उहाँले ६३ मत मात्रै पाउनुभएको छ । प्रधानमन्त्रीको पक्षमा ६३ मत पर्दा विपक्षमा १ सय ९४ मत परेको छ । उहाँलाई मत दिन्न भन्ने पक्षमा १ जना सांसद हुनुभएकाे छ ।
कूल २ सय ७५ सदस्सीय प्रतिनिधि सभामा विश्वासको मत पाउन १ सय ३८ मत पुर्याउनु पर्ने थियो । शुक्रबार मतदान प्रक्रियामा कूल २ सय ५८ सांसद उपस्थित हनुहुन्थ्याे ।
विश्वासको मत नपाएसँग प्रचण्ड नेतृत्वको सरकार ढलको छ । अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुने छ । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरूले नयाँ सरकार बनाउने तयारी गरिरहेका छन् ।
कांग्रेस र एमालेले संविधानका धारा ७६ को उपधार २ अनुसार सरकार बन्नु पर्ने बताउँदै आएका छन् भने माओवादीले उपधारा ३ अनुसारको सरकार बन्नु पर्ने बताउँदै आएको छ ।
उपधार २ अनुसार दुई वा सो भन्दा बढी दल मिलेर बहुमत दाबी गर्ने प्रधानमन्त्री बन्न सक्ने व्यवस्था छ भने उपधार ३ अनुसार संसद्को सबैभन्दा ठुलो दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था रहेको छ ।
