काठमाडौं । प्रतिनिधि सभा सदस्य नारायणप्रकाश साउदले देशका दुई ठुला दल एक ठाउँमा आएको कारण देशले निकास पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै साउदले दुई ठुला शक्ति मिलेर राष्ट्रिय राजनीतिका सबै पक्षलाई सम्बोधन गर्ने गरेर अगाडि बढ्ने छन् भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अहिलेको सरकारले देशका तेस्रो, चौथो र पाँचौँ ठुला राजनीतिक दलका सरोकारका विषयलाई पनि सम्बोधन हुने गरेर अघि बढ्नु पर्ने उहाँले बताउनुभयो ।
