काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
बैठक संघीय संसद् भवन बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने भएको हो ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९–०८० सभा समक्ष पेस गर्ने कार्यसूची पनि रहेको छ ।
