काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगर मानव तस्करीमा संलग्न भएको भन्ने आरोपका बचाउ गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेष्ठले उहाँको विरुद्ध मिडिया ट्रायल भएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सबैभन्दा पहिला सो घटना बारे बुझ्न आग्रह गर्नुभयो । ‘आचरणको कुरा गर्छौँ भने सबै जनाको आचरण हेरौँ, साँच्चैको आचरण बनाऊँ’, उहाँले भन्नुभयो ।
उहाँले मानव तस्करी जस्तो गम्भीर आरोप लगाउनु चानचुने विषय नभएको बताउनुभयो । छानबिन नै गर्ने हो भने भुटानी शरणार्थीको पहिला छानबिन गर्नुपर्ने उहाँले बताउनुभयो । अन्यथा कुनै पनि व्यक्तिको चरित्र हत्या गर्न नमिल्ने उहाँले बताउनुभयो ।
आफ्नो भएभरको जायजेथा अनाथाश्रमलाई दिने महिलाको चरित्र हत्या गर्न नपाइने श्रेष्ठले बताउनुभयो । संवैधानिक परिषदमा अल्पमतमा परियो भनेर उपसभामुखलाई हटाउन अहिले यो प्रोपोकाण्डा मच्चाइएको उहाँले बताउनुभयो । अल्पमतमा परियो भन्ने लागे बरु खुलेर राजीनामा माग्न उहाँले आग्रह गर्नुभयो ।
