काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकमा आशा र भरोसा जगाउनु अहिलेको सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै ओलीले जनतामा विश्वास र भरोसा जगाउन तथा देशमा तीव्र विकासको लागि नयाँ बनेको सरकारले पाँचवटा विषलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
पहिलो प्राथमिकता थालेको काम सक्ने
ओलीले सरकारको पहिलो काम थालेको काम सक्ने भएको बताउनुभएको छ । वर्षौँदेखि थालिएका काम अहिले पनि सम्पन्न नभएका कारण नागरिकमा निराशा बढेको उहाँको भनाइ छ । यस्तो विकासको मोडल बोकेर अघि बढ्न नसकिने उहाँले प्रष्ट पार्नुभयो ।
विकासको मामलामा देखिएको अनुशासनहीनतालाई तोड्नु पर्ने उहाँले बताउनुभयो । यो सरकार थालेको काम चालु अवस्थामा छ भन्ने होइन, काम सम्पन्न भयो भन्ने सुन्न आतुर रहेको ओलीले प्रष्ट पार्नुभयो । कार्यक्षमताको विकास, खर्च गर्ने क्षमताको विकास, आवश्यक ऐन कानुनको सुधार तथा निर्माण व्यवसायीको तत्काल भुक्तानीको प्रवन्ध मिलाउने ओलीले बताउनुभयो । उत्पादन बढाउने कुरामा सरकारले जोड दिने उहाँले स्पष्ट पार्नुभयो ।
आयात प्रतिस्थापन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादन उद्योग प्रवर्धन
ओलीले उत्पादन र उत्पादकत्वमा वृद्धि गरी देशलाई कृषिमा आत्मनिर्भर बनाउने बताउनुभयो । कृषि तथा पशुपन्छी मन्त्रालयले यसको लागि विशेष योजना बनाउने उहाँले स्पष्ट पार्नुभयो ।
कृषिको आधुनिकीकरण व्यवसायीकरण गरी कृषि उपज निर्यात गर्ने उहाँले बताउनुभयो । स्थिरता, विकास र सुशासनको प्रत्याभूति दिने ओलीले बताउनुभयो ।
गरिबी र भोकमरी उन्मुलन
वर्तमान सरकारले गरिबी र भोकमरी उन्मुलन गर्ने उहाँले बताउनुभयो । जुनसुकै ठाउँमा जन्मिएको बालबालिकालाई भोकमरी र कुपोषणको सिकार बन्न नदिने उहाँले बताउनुभयो ।
नीति कार्यक्रम र बजेटलाई आवश्यकता अनुसार परिमार्जन
ओलीले सरकार अविच्छिन्न संस्था भएकोले विगतको सरकाले ल्याएको नीति, कार्यक्रम र बजेटलाई नै सरकारले अघि बढाउने ओलीले बताउनुभयो । परिवर्तन आवश्यक भएको ठाउँमा
भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहन्नौँ, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ
कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका घटनामा संलग्नलाई कारबाही गराउने उहाँले बताउनुभयो । सहकारी ठगलाई कारबाही गरेरै छाड्ने ओलीले स्पष्ट पार्नुभयो । कुनै पनि भ्रष्टाचारको विषयमा स्टनबाजी होइन, काम गरेर देखाउने उहाँले दाबी गर्नुभयो ।
यी पाँचवटा बाहेक सरकारले देशको विकास र सार्वजनिक हितका अन्य कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुयो । सार्वजनिक सेवा प्रवाहको गुणस्तर र प्रभावकारिता बढाउने उहाँले बताउनुभयो । जनताको हित, देशको हितको लागि संविधान संशोधन गरिने उहाँले बताउनुभयो । देशलाई गलत बाटोमा धकेल्नको निम्ति संविधान संशोधन नगरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
