काठमाडौं । आफूलाई नयाँ र पुराना भन्दा फरक बताउने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता, कार्यकर्तालाई आफ्ना नेताहरूको गल्ती ढाकछोप र बचाउ गर्दै हैरान भएको छ ।
सो पार्टीका नेताहरूले पदको दुरुपयोग गर्दै गरेका गलत र कतिपय आपराधिक कामले दुर्नाम हुँदै जानुभएको छ । पार्टी सभापति रवि लामिछानेदेखि पार्टीले कारबाही गरेका नेता ढाकाकुमार श्रेष्ठको क्रियाकलापको बचाउ गर्दा हैरान भएका रास्वपाका नेताहरूको सो पार्टीबाट उपसभामुख बन्नुभएकी इन्दिरा राना मगरको बचाउमा आजको प्रतिनिधि सभा बैठकको पुरै समय बित्यो ।
बैठकमा आकस्मिक समय लिएर सुमना श्रेष्ठ रानाको मानव तस्करीमा संलग्नताको बचाउमा उभिनुभयो । त्यतिले मात्र पुगेन पार्टीका सभापति रवि लामिछानेको समेत प्रतिनिधि सभामा बोलेको अधिकांश समय उहाँकै बचाउमा बित्यो । लामिछानेले संसारले मानेको व्यक्तिलाई निर्मम आरोप नलगाउन आग्रह गर्दै उहाँको बचाउ गर्नुभयो ।
सिङ्गो जीवन जेलमा परेका बाबुआमाको सन्तानलाई न्याय दिन संघर्ष गरेकी रानालाई मानव तस्करको आरोप लगाएको भन्दै उहाँले बचाउ गर्नुभयो । ‘संसारले मानेको व्यक्ति हो उहाँ, उहाँले चलाएको संस्थामा केही लाखका लागि रुन पर्दैन, संसारका एक से एक संस्थाले एक वचनमा करोडौँ डोनेसन दिएको उदाहरण छन्’, उहाँले भन्नुभयो ।
उपसभामुखले भिसाका लागि समय मिलाइदिन मात्र अनुरोध गरेको भन्दै उहाँले त्यसमा कुनै आर्थिक लेनदेन नभएको स्पष्टीकरण दिनुभयो । उपसभामुखले मर्यादा विपरीत भयो कि भनेर आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको बताइसक्नु भएको उहाँले जानकारी दिनुभयो । सो विषयमा न्यायिक वा कुनै पनि छानबिनका लागि रास्वपा तयार रहेको उहाँले बताउनुभयो ।
रास्वपाले निकालेको विज्ञप्तिमा कतै पनि लेनदेन भयो भन्ने कुरा उल्लेख नभएको बताउँदै उहाँले विज्ञप्ति राम्रोसँग पढ्न अनुरोध गर्नुभयो । उहाँले प्रधानमन्त्रीले २०४६ सालदेखि यता अहिले जस्तो निराशा नभएको बताएको प्रति टिप्पणी गर्दै त्यो कसको कारण भएको हो भन्ने कुराको समीक्षा गर्न आग्रह गर्नुभयो । यो निराशामा आफ्नो भागमा पर्ने सबै कुरा आफूले जिम्मा लिने समेत उहाँले बताउनुभयो ।
